
काठमाण्डु, २२ चैत– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन ।
आज (बुधबार) बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन ।
अध्यक्ष प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको बैठकपछि नेता गिरिराजमणि पोखरेलले जाजकारी दिएका छन । उनले त्यसपछि सरकारले नतिजा निकाल्ने गरी काम गर्ने बताएका छन ।
सरकारले अब पूर्णता नै पाउने प्रचण्डले बैठकलाई जानकारी गराएका उनले बताएका छन । कांग्रेसभित्र भागबण्डाको विषयमा विवाद हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको अवस्था छ ।
यस्तो अवस्थामा प्रचण्डले सबै विषय मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका हुन् । यस्तै प्रचण्डले भोलि नै साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक हुने बैठकमा बताएका छन् ।