
काठमाण्डु, १९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगमी १० वैशाखमा हुने उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ । पार्टीको संसदीय समितिको आज (आइतबार) बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन ।
उनले राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय भएको बताएका छन ।
चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको उनले बताएका छन ।