
काठमाण्डु,१८ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको सबै मत आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा दिने बताएका छन ।
आज (बिहीबार) आठ दलका संघीय सांसदहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले यस्तो विश्वास दिलाएका हुन् ।काठमाण्डुमा भएको प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले भने, ‘प्रस्तावक म आफै भएकाले पनि उहाँको विजयको शुभकामनासहित आफ्नो पार्टीको सबै मत उहाँको पक्षमा खसाल्ने विश्वास दिलाएँ ।’
त्यसक्रममा अध्यक्ष नेपालले अहिलेसम्मका राष्ट्रपतिहरू संविधानको मर्म अनुसार नचलेको पनि बताएका छन । उनले भने, ‘अहिलेसम्म प्राप्त अनुभवहरूलाई ध्यानमा राखेर विगतमा केके त्रुटिहरू हुन गए रु के के राम्रा कुरा भए रु त्यसलाई समेत ध्यानमा राखेर अव निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर जिम्मेवारी वहन गर्नुहुनेछ भन्ने कुरामा मैले ध्यानाकर्षण गराएँ’, ।