
धनुषामा,७ पुस– – धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेका छन ।
उनीहरु दुवैजना मोटरसाइकलमा सवार रहेको प्रहरीले बताएको छ । बुधबार साँझ ७ बजे धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर गाडी र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।