नगरपालिका संघको अध्यक्षमा धादिङका भीम ढुंगाना

काठमाण्डु टुडे २०७९ पुष ७ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, ७ पुस– नेपाल नगरपालिका अध्यक्षमा भीमप्रसाद ढुंगाना चयन भएका छन् ।

संघको ८ औं अधिवेशनले ढुंगानालाई अध्यक्ष चयन गरेको हो । ढुंगाना निलकण्ठ नगरपालिका धादिङका मेयर हुन् । संघको उपाध्यक्षमा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोकका मेयर कृष्णप्रसाद सापकोटा र महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी चयन भएका छन् ।

 

उपमहासचिवमा काठमाण्डु महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कोषाध्यक्षमा हलेसी तुवाचुङकी मेयर विमला राई, सहकोषाध्यक्ष हेटौंडा उपमहानगरपालिकी मेयर मीनाकुमारी लामा चयन भएका छन् । यस्तै अधिवेशनले ४३ केन्द्रीय सदस्य चयन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us