शीतल निवासमा आयोजित शपथ समारोहमा ओली, प्रचण्ड र खनालको भलाकुसारी

काठमाण्डु टुडे २०७९ पुष ६ गते १६:३८ मा प्रकाशित

काठमाण्डु,६ पुस– आज बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनाल एक ठाउँमा भेटिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै पछि सँगै भेटिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us