
काठमाण्डु,६ पुस– नेकपा माओवादी केन्द्रका नेता एवंम् अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा विजयी पएका कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । आज (बुधबार) बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।
८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । गगन थापाले २५ मत प्रप्त गरेका थिए । निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगेका हुन् ।