माओवादी केन्द्रले भोलि संसदीय दलको नेता चयन गर्ने

काठमाण्डु टुडे २०७९ पुष ६ गते १३:२७ मा प्रकाशित

काठमाण्डु,६ पुस– नेकपा माओवादी केन्द्रले भोली बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताएकी छन ।

प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनले बताइन ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us