
काठमाण्डु,६ पुस– आज (बुधबार) भएको कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले निर्वाचन परिणामलाई अनपेक्षित भएको बताएका छन ।
उनले आफू निरन्तर कांग्रेस र नेतृत्व रुपान्तरणको पक्षमा रहने बताएका छन् । उनले धेरै सांसद साथीहरूले साथ दिने अपेक्षा गरेपनि दलको निर्वाचनमा साथ नदिएको भन्दै अपेक्षाकृत नतिजा नआएको बताएका छन ।
बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत ल्याएर निर्वाचित हुँदा थापाले २५ मत पाएका थिए । उनले सांसदहरुले विवेक र आफ्नो मत प्रयोग गर्ने कुरा भन्दै आफ्नो उम्मेदवारी रुपान्तरणकै निम्ति र कांग्रेसभिन्न ढंगले चल्नुपर्छ भन्ने मान्यताअनुसार रहेको बताएका छन ।
उनले भने, तर बहुसंख्यक साथीहरू त्यसरी चल्नुपर्दैन भन्ने देखिनुभयो, त्यसलाई मैले सहज लिने कुरा भयो’, नतिजालाई स्वाभाविक रुपमा लिने भन्दै आगामी दिनमा लगातार मन जित्ने प्रयास गर्ने बताएका छन ।
‘फेरि निर्वाचन हुन्छ, प्रतिस्पर्धा हुन्छ । नयाँ परिणामको अपेक्षा हुन्छ, त्यो बेलासम्म थप साथीहरूको मन जित्न सक्छु भन्ने संकल्प छ’, । थापाले आफू तत्काल सरकारमा सहभागी नहुने पनि बताए ।