
काठमाण्डु,६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार भएको छ । उनको ज्वरो सामान्य अवस्थामा आएको छ ।
नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।
छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले बताएको छ । छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले बताए ।