गगन थापाले आफ्नै समूहका सांसदहरूको मत पाएनन् !

काठमाण्डु टुडे २०७९ पुष ६ गते ११:१९ मा प्रकाशित

काठमाण्डु,६ पुस– कांग्रेसको आज भएको संसदीय दलको निर्वाचनमा देउवा सँग प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।

दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए ।

महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण गरेको थियो । तर देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us