
काठमाण्डु,६ पुस– कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन ।
आज (बुधबार) बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा माहामन्त्री गगन थापाले २५ मत प्राप्त गरेका छन । मतदानमा सबै ८९ सांसद सहभागी रहेका थिए ।