समानुपातिकतर्फको मत गणनामा माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्यो

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १३:०३ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार एमाले पहिले स्थानमा रहेको छ । एमालेले २५ लाख ३४ हजार मत प्रप्त गर्दा ।

दोश्रो स्थानमा रहेको कांग्रेसले २४ लाख ३०७ मत पाएर एमालेलाई पछ्याइरहेको छ। फोरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा माओवादी केन्द्रले तोश्रो स्थान प्रप्त गरेको छ ।

माओवादी केन्द्रले समानुपातिकतर्फ १० लाख ६४ हजार १५२ मत प्रप्त गरेको छ । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ८३१ मत प्रप्त गरेको छ ।

यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार मत पाएको छ । यस्तै थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ ।

समाजवादीले जम्मा २ लाख ५२ हजार मत पाउँदा उसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६२ हजार प्रप्त गरेको छ । नवौँ स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ भने दशौँमा लोसपा रहेको छ । यी दुई पार्टीले क्रमशः २ लाख ३७ हजार र १ लाख २७ हजार मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us