
काठमाण्डु,१२ मंसिर– श्रीमतीको कुटेर हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ घर भएका २७ वर्षीय बोधराज बस्नेत रहेका छन ।
उनले २६ वर्षीया श्रीमती नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले उनलाई हिजो दिउँसो पक्राउ गरेको हो ।
बोधराजले कुटेर गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।