
एजेन्सी–चीनमा पछिल्लो २४ घन्टामा ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित थपिएका छन । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।
सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरू भएका छन् ।
प्रदर्शनकारीहरूले राष्ट्रपतिको सी जिन्पिङको राजीनामा माग गरेका छन छन् । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीव्र ढंगले बढिरहेको छ ।