सुनसरी- ४ मा पुन: मतगणनाको माग गर्दै सञ्चार मन्त्री कार्की

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १६:५० मा प्रकाशित

काठमाण्डु ,११ मंसिर- सञ्चार मन्त्री एवंम नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा पुनस् मतगणना गर्न माग गरेका छन्।

सुनसरी को क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालमै राखेर सबै क्षेत्रको पुनः मतगणना हुनुपर्ने माग गरेका हुन। हाल सम्मको मतपरिणम अनुसार कार्की २३ हजार ४३९ मत ल्याएर अग्रस्थानमा छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदिश कुसियतले २३ हजार ३४१ मत ल्याएर कार्कीलाई पछ्याइरहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिवनकुमार श्रेष्ठले भने २८५२ मत पाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us