विराटनगर, १० मंसिर– मोरङ–३ बाट कांग्रेसका डा.सुनिल शर्मा निर्वाचित भएका छन् ।
एमालेका भानुभक्त ढकाललाई फराकिलो मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८ सय ९५ मत पाए । उनीहरुबीचको मतान्तर २२ हजार ७ सय ३६ छ ।
यस्तै तेश्रो भएकी राप्रपाकी रेखा थापाले १० हजार ९ सय ८८ मत प्राप्त गरेकी छन् ।