भारतीय नागरिकले अब साउदी अरबको भिसा पाउनको लागि पुलिस पेश गर्नुनपर्ने

काठमाण्डु टुडे २०७९ मंसिर २ गते १७:२९ मा प्रकाशित

एजेन्सी–भारतीय नागरिकले अब साउदी अरबको भिसा पाउनको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट ९पीसीसी० पेश गर्नुनपर्ने भएको छ । नयाँ दिल्लीस्थित साउदी दूतावासले बिहीबार ट्वीट गर्दै यस्तो बताएको हो ।

साउदी दूतावासले ट्वीटमा भनेको छ– ‘साउदी अरब र भारतबीचको बलियो सम्बन्ध र रणनीतिक साझेदारीलाई ध्यानमा राख्दै, भारतीय नागरिकलाई पुलिस क्लियरेन्स प्रमाणपत्र पेश गर्नबाट छुट दिइएको छ ।’

दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयासस्वरूप यो निर्णय गरिएको दूतावासले जनाएको छ । यो निर्णयपछि साउदी अरेबियाको भिसा पाउन सजिलो हुने अपेक्षा गरेको ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us