सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए

काठमाण्डु टुडे २०७९ जेठ २२ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, २२ जेठ–  पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् ।

एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ ।

यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । सोही दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको सेयर कारोबार भएकामा अहिले एक अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ ।

गत वर्षको भदौमा उत्साहजनक रूपमा उकालो लागेर ३२ सय नजिक पुगेको बजार अहिले दुई हजारको बिन्दुमा पुगेको हो ।

केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढाएको देखिएको भन्दै प्रतिवेदन अर्थ मन्त्रालयमा बझाएपछि सेयर बजारमा ठूलो तरङ्ग पैदा भएको थियो ।

त्यसपछि पनि सम्हालिँदै गरेको बजार चालू आर्थिक वर्षको मौद्रिक नीति गत साउन २९ गते आएपछि घट्न थालेको हो । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us