काठमाण्डु, १५ जेठ– गृहमन्त्री बालकृष्ण खाणले तारा एयरको सम्पर्कविहीन विमान खोजी तीब्र पार्ने सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
पोखराबाट आज बिहान जोमसोमका लागि उडेको विमान सम्पर्कविहिन भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी विमान खोजीका लागि सबै स्रोतसाधन परिचालन गर्न मन्त्री खाणले निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ ।