काठमाण्डु, २२ मंसिर– नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरुको बैठक सकिएको छ । १४औँ महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले बताए ।
साझा सभापति चयन गर्न बुधवार देउवा निवास बुढालिनकण्ठमा बसेको देउवा पक्षको समूहले उक्त निष्कर्ष निकालेको हो । देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न सक्ने क्षमता भएकाले उनलाई नै सभापति बनाउने सबै सदस्यहरुको भनाइ रहेको उनले बताए ।
पदाधिकारीको सदस्यहरुको नाम संकलन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । उनले भने,‘त्यस विषयमा अहिल देउवाले छलफल गरिरहेका छन् । ’ केन्द्रीय कार्यसमितिको बैठक भोलि ११ बस्ने उनले बताए ।