पराजित भएपछि रावलले भने– सबै थाहा पाएरै पाइला चालेको हुँ

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– नेकपा (एमाले) को महाधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्वउपाध्यक्ष भीम रावलले मत परिणाम यस्तो आउँछ भन्ने आफूलाई पहिल्यै थाहा भएको बताएका छन्।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us