रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा

काठमाण्डु टुडे २०८१ वैशाख ९ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आज आइतबार सर्वोच्च अदालत ‘हेर्न नभ्याइने’ मा राखेको छ ।

आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

उनी निर्वाचित भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । सो निर्णय विरुद्ध चौधरी सर्वोच्च गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us