एजेन्सी– भारत एक १९वर्षीया किशोरी भारत उत्तराखण्डको मुख्यमन्त्री बन्ने भएकी छन् ।
हरिद्वार जिल्ला दौलतपुर गाउँकी १९ वर्षीया सृष्टि गोस्वामी आइतबार एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् । राष्ट्रिय बालिका दिवसका अवसरमा सृष्टिलाई एक दिनका लागि मुख्यमन्त्री बनाउन लागिएको हो । भारतमा २४ जनवरीमा यो दिवस मनाइन्छ । मुख्यमन्त्री नियुक्त भएपछि गोश्वामी विधानसभा बैठकमा सहभागी हुनेछिन् ।
यस्तै अन्य सार्वजनिक कार्यक्रममा पनि उनले मुख्यमन्त्रीकै हैसियतमा सहभागिता जनाउनेछिन् । बालिकाहरुको शसक्तीकरणका लागि गोश्वासमीलाई प्रतिकात्मक रुपमा एक दिनका लागि मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताइन् ।
यसैबीच सामाजिक सञ्जालमा एकदिने मुख्यमन्त्री सृष्टिको व्यापक चर्चा भएको छ । उनले एकदिनका लागि भए पनि मुख्यमन्त्री हुन पाएकामा खुसी व्यक्त गरेकी छन् ।
्