काठमाडौं, ३ कात्तिक – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना भाइरसको संक्रमण भएको छ । मन्त्री नेम्वाङले आफुलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल माफृत जानकारी गराएका हुन् ।
नेम्वाङले आज गरीएको पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् ।