
सोल, १५ वैशाख – दक्षिण कोरियाले त्यहाँ ठूलो आकारको डुङ्गा डुब्दा हराएका शवहरु भेटिएमा खबर गरिदिन चीन र जापानलाई आग्रह गरेको छ । सो डुङ्गा गत हप्ता डुबेको थियो । त्यसमा परी हराएका ११४ जनाको अवस्था अझै अज्ञात नै रहेको छ । ती शवका बारेमा केही पत्तो लागेमा खबर गर्न उसले दुई छिमेकी देशलाई आग्रह गरेको हो ।
ती शवहरु कोरियाको समुद्रमा भेट्न नसकिएपछि चीन र जापानको सीमानामा भेटिनसक्ने भन्दै यदि ती क्षेत्रमा भेटिएमा खबर गरिदिन आग्रह गरेको हो । दक्षिण कोरियाको सरकारले गत ६० घन्टायता निरन्तरको एक विशेष खोजी अभियान सुरु गरेको थियो । तर सो खोजीबाट पनि ती हराएका व्यक्ति पत्ता लाग्न नसकेको बताएको छ ।
ती शव अब दक्षिण कोरियामा नभेटिने र चीन र जापानको सामुद्रिक किनारामा पुगेको अनुमान गरिएपछि दक्षिण कोरिया सरकारले सो आग्रह गरेको हो । सो डुङ्गा गत अप्रिल १६ मा दुर्घटनाग्रस्त भएको थियो । उक्त डुङ्गामा ४७६ जना यात्रु रहेका थिए ।
ती मध्ये ११४ जना अझै हराइरहेका छन्भने १८८ जनाको शव प्राप्त भइसकेको छ । निकै प्रयास गर्दा पनि हराइरहेका ती व्यक्तिको पत्तो अझै लाग्न सकेको छैन ।