
सोल, १४ वैशाख । दक्षिण कोरियाका प्रधानमन्त्रीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
गत अप्रिल १६ मा दक्षिण कोरियामा भएको डुङ्गा दुर्घटनामा मृत्यु र बेपत्ता गरी करिब तीनसय व्यक्ति पुगेको घटनाको नैतिक जिम्मेवारी लिदै उनले राजिनामा दिएको बताइएको छ ।
सो राजिनामा उक्त दुर्घटनामा ज्यान गुमाउने र बेपत्ता व्यक्तिका परिवारले उद्धारकार्यमा सरकारले ढिलाई गरेको आलोचनापछि गरिएको पनि जनाकारी दिइएको छ ।
दक्षिण कोरियाली प्रधानमन्त्री चुङ्ग होङ्ग वोन १६ अप्रिलमा डुङ्गा डुबेको द्वीपमा रहेको शिविर भ्रमण गर्नुभए पछि आइतबार राजिनामा दिएका हुन् ।
दुर्घटनामा हराइरहेका व्यक्तिमध्ये मृत्यु हुने व्यक्तिको सङ्ख्या १८७ पुगेको छ ।