
काबुल, १२ वैशाख – अफगानिस्तानमा बिहीबार अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले जारी राखेको शृङ्खलाबद्ध कारबाहीमा परी कम्तीमा पनि आठ भन्दा बढी तालिवानको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको संयुक्त सेनाले गत २४ घण्टासम्म जारी राखेको सो कारबाहीमा अन्य २५ तालिवान घाइते हुनुको साथै पाँच पक्राउ परेको अफगान जारी विज्ञप्तिमा जनाइएको छ । एएनएसएफले अफगानिस्तानको काबुल, बाघलान, कुन्दुज कान्दाहार र जाबुल प्रान्तमा सो कारबाही जारी राखेको थियो ।
उक्त कारबाहीको क्रममा आठ तालिवानको मृत्यु हुनुको साथै २५ घाइते भएको र पाँच पक्राउ परेको सो विज्ञप्तिमा जानकारी दिइएको छ । यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने भएकाले त्यहाँका सुरक्षाकर्मीलाई तालिवानविरुद्धको कारबाहीका लागि अघि सारिएको बताइएको छ । अफगानिस्तानमा सेना र नेटोसँगआबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलले विगत करिब दश वर्षदेखि तालिवानहरूका विरुद्धमा कारबाही जारी राखेको छ ।