
काठमाण्डु, ३० भदौ– काठमाण्डुमा स्थानीय रुटमा चल्ने बसका सह–चालकबाट एक किशोरी बलात्कृत भएकी छन् ।
तारकेश्वर–१०, मनमैंजुमा ११ वर्षीया बालिकामाथि सह–चालक भोजपुर हचुवागढी गाउँपालिका–३ का ३६ वर्षीय एल्जित राईले बलात्कार गरेका हुन् । राईलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार राई बा४ख ८२ नम्बरको बसका सह–चालक हुन् ।
उनले गाडीमा सवार ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी र अर्की बालिकालाई अनैतिक क्रियाकलाप गरेको दाबी प्रहरीको छ । प्रहरीका अनुसार मनमैजु शुभकामना चोकमा रातिको समयमा बालिकाहरुलाई देखेपछि राईले सोधपुछ गरी राति आफ्नै डेरामा लगेर बलात्कार गरेका थिए ।