
काठमाण्डु,३०भदौ–मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरेको सरकारले खारेज भएको म्यानपावर कम्पनीलाई कामदारको राहदानी र लिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
१५ महिनादेखि बन्द मलेसियाको रोजगारी आइतबार खुला गर्दै सरकारले कामदारलाई श्रम स्वीकृति दिन थालेको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भएका छन् ।
नेपाल सरकारले मलेसिया जाने नयाँ कामदारको स्वास्थ्य जाँच गर्न १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । तर, तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान भएको छ भने बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट नयाँलाई स्वीकृति प्रदान गर्न सुरु गर्नेछ ।