तेल प्रशोधन केन्द्रमा आक्रमणपछि तेलको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७६ भदौ ३० गते ११:१० मा प्रकाशित

काठमाण्डु,३०भदौ–साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ।
शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले ले घटेको छ। व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य १९५ ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो।
त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५५ ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो। पूर्ववत् तेल उत्पादन गर्न साउदी अरबलाई हप्तौँ लाग्न सक्नेछ। साउदी अरबको तेल उद्योगको केन्द्रमा भएका ड्रोन आक्रमणले संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र प्रभावित भएको छ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले ती आक्रमणमा इरान संलग्न भएको आरोप लगाएका छन्। तर तेहरानले उक्त आरोपको खण्डन गर्दै त्यसलाई अमेरिकाको ‘जाल’ भनेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमार्फत् अमेरिकाले दोषी चिनेको टिप्पणी गरेका छन्।
अमेरिका कारबाहीका लागि तयार रहेको आशय व्यक्त गर्दै उनले साउदी अरब कसरी अघि बढ्न चाहन्छ त्यो जान्न आफूले प्रतीक्षा गरिरहेको बताए।अर्को ट्वीटमा उनले ूप्रशस्त तेलू भएको लेखेका छन्। तेहरानसँग निकट मानिएका यमनका हुथी विद्रोहीहरूले आक्रमण आफूहरूले गराएको दाबी गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us