
काठमाण्डुु , २९ भदौ —अब राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिने भएको छ ।
ब्यवसायीहरुले सडकको अवस्था दयनिय रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले सडक मर्मत गर्न तत्परता देखाएको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए । यातायात ब्यवसायीहरुले दशैँ, तिहार र छठ पर्वका लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुलाएकाले सडक मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले तत्काल मर्मत गर्न लागेको हो ।
।
सापकोटाले वर्षाले भत्काएका राजमार्ग र खाल्डाखुल्डी पुर्ने काम सुरु भएको र असोज १० गतेसम्म सो काम पुरा हुने बताए ।