सुनबाट बनेको ट्वाइलेट चोरी

काठमाण्डु टुडे २०७६ भदौ २९ गते १३:०२ मा प्रकाशित

एजेन्सी —युनाइटेड किंगडमको सबैभन्दा ठूलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेटको सिट चोरी भएको छ ।

बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो । उक्त ट्वाइलेट शनिबार बिहान ५ बजे चोरी भएको हो । चर्चिल सन् १९४० देखि १९४५ सम्म ब्रिटिसका प्रधानमन्त्री रहेका थिए ।उक्त ट्वाइलेट इटालियन कलाकार माउरिजिओ क्याटलानले प्रदर्शनीका लागि राखेका थिए । जुन यही बिहीबार सर्वसाधारणका लागि खुला गराइएको थियो ।
घटनापछि ६६ वर्षीय एक पुरुष चोरसँग साँठगाँठ भएको भन्दै पक्राउ परेका छन् । उक्त ट्वाइलेट ब्लेन्हेम प्यालेसभित्र विन्स्टन चर्चिल जन्मिएको कोठाको अर्कोपट्टीको कोठाभित्र राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us