लागुऔषत सहित तिन भारतिय र दुई नेपाली पक्राउ

काठमाण्डु टुडे २०७६ भदौ २९ गते ११:०५ मा प्रकाशित

मकवानपुर , २९ भदौ – प्रहरीले लागु औषतसहित पाँच जनालाई पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटेबाट बीआर ०१ पीएफ ७९९८ नम्बरको भारतिय कारमा लुकाएर लैजाने क्रममा तिन भारतिय नागरि पक्राउ परेका हुन् ।

मकवानपुरबाट भारततर्फ लैजान लागिएको ४ केजी ९ सय ग्राम चरेशसहित भारत बिहार मजुफ्फरपुर जिरोमाइरोड बस्ने २८ वर्षीय शिवराज सिंह, यही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पास्वान र भारत बिहार छपरा बस्ने २४ वर्षीय राजु महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहले बताए ।
यसैगरी, मकवानपुरको राक्सीराङ गाउँपालिका–४ कालिका दोभानबाट १२ केजी ४ सय ग्राम लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका –८ बस्ने २६ वर्षीय राजकुमार थिङ र यही ठाउँका २१ वर्षीय दिपेश थिङ पक्राउ परेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us