मोबाइल थिचेर १२० घरमा पानी

काठमाण्डु टुडे २०७६ भदौ २९ गते ८:०५ मा प्रकाशित

गोरखा, २९ भदौ– खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ ।

आरुघाट गाउँपालिका–९ । १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ ।

प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलोपटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us