ललितपुरमा बन्यो, ग्राउण्ड स्टेशन

काठमाण्डु टुडे २०७६ भदौ २६ गते ११:२५ मा प्रकाशित

काठमाण्डौ , २६ भदौ – नेपाली स्याटेलाइट प्रक्षेपण भएको पाँच महिनापछि ग्राउण्ड स्टेशन निर्माण भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले न्यानो स्याटेलाइट प्रक्षेपण गरेको पाँच महिनापछि ललितपुरको खुमलटारमा रहेको नास्ट परिसरमा ग्राउण्ड स्टेशन निर्माण गरिएको हो ।

नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले ग्राउण्ड स्टेशन निर्माण गरेर सबै प्राविधिक काम सकिएको जानकारी दिएका छन् । तर नेपाली स्याटेलाइटसँग सम्पर्क स्थापित हुन नसकेका कारण तथ्यांक लिन अझै केही दिन लाग्ने उनले बताए ।ग्राउण्ड स्टेशनको एन्टेना स्याटेलाइट घुमेको दिशातिर घुम्नुपर्ने भए पनि त्यो घुम्न नसकेकाले स्याटेलाइटलसँग सम्पर्क हुन नसकेको हो । नास्टका वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले जापानमा निर्माण गरेको नानो स्याटेलाइट गएको वैशाख ५ गते अमेरिकाबाट प्रक्षेपण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us