
चितवन , २६ भदौ – सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द लगायत आन्दोलनरत १५ जनालाई प्रहरीले रिहा गरेको छ ।
कलेजका प्रतिनिधिले कलेजको समस्या कलेजमै सुल्झाउने भनेपछि कलेजकै प्रतिनिधिको रोहबरमा प्रकाशसहित पक्राउ परेका सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्लले जानकारी दिनुभयो ।
अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेको भन्दै प्रकाशसहित १५ जना विद्यार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।