भारतमा पाँचौ चरणको मतदान हुँदै

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ४:५३ मा प्रकाशित

flag of indiaकाठमाण्डु, ४ बैशाख –लोकसभा चुनाव भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज पाँचौ चरणको मतदान सुरु भएको छ ।

सिटसंख्याका हिसाबले सबैभन्दा १ सय २१ सिटका लागि आज मतदान सुरु भएको हो ।

आज ओडिसा र पश्चिम बंगालमा बिधानसभाको पनि निर्वाचन बाँकी रहेकाले त्यहाँ दुबै सभाका लागि मतदान सुरु भएको छ ।

आज ओडिसाको बिधान सभाका ७७ र पश्चिम बंगालको बिधान सभाका २ सिटका लागि मतदान सुरु भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

नौ चरणमा मदान सम्पन्न हुने भारतीय लोक सभाको चुनावमा हालसम्मा १ हजार ७ सय ६९ प्रत्यासीको चुनाव क्षेत्रमा मतदान भैसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us