काठमाण्डु, २६ चैत – राजधानीमा जारी एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको १९औं राष्ट्रिय सम्मेलन अन्तर्गत नेतृत्व चयन प्रक्रियामा भएको विवाद एमाओवादी हेर्डक्वार्टरमा पुगेको छ ।
बुधबार बसेको संगठनको पूर्वपदाधिकारी बैठकमा विद्यार्थी नेताहरु पार्टी हेर्डक्वार्टरले गर्ने निर्णय मान्न तयार भएपछि पार्टीका तर्फबाट विद्यार्थी संगठन हेर्ने इञ्चार्ज हेमन्तप्रकाश ओली र संगठनका निवर्तमान अध्यक्ष हिमाल शर्मा लाजिम्पाट पुगेका छन् ।
पूर्वपदाधिकारी बैठकले गरेको निर्णयसहितको माइन्युट लिएर शर्मा र ओली प्रचण्ड निवास पुगेका हुन् । लाजिम्पाटमा पार्टी हेर्डक्वार्टरको बैठक बसेर सहमतिको प्रयास हुँदैछ ।
यसअघि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएपनि नेता वावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने भन्दै नाराबाजी गरेपछि बन्दशत्र स्थगित भएको छ ।
विवादका कारण २४ गते तै सकिनु पर्ने सम्मेलन लम्बिएको हो ।
अध्यक्ष प्रचण्ड पक्ष रमेश मल्ल र श्रेष्ठ पक्ष जागृत रायमाझीलाई अध्यक्ष बनाउन लबिङमा छन् ।