सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ वैशाख २२ गते १२:४३ मा प्रकाशित

काठमाडु, २२ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बन्ने बताएका छन् ।

माओवादी संसदीय दलको सिंहदरबारमा शनिबार बसेको बैठकमा सहकारी ठगी छानबिनका लागि पहल भइरहेको बताए ।

प्रचण्डले मन्त्रिपरिषदको आगामी बैठकमा त्यसबारे निर्णय हुन सक्ने बताएको एक सांसदले जानकारी दिए । सहकारीको समस्या जटिल र गम्भीर बनेको उनको भनाइ थियो ।

कुनै नेता लक्षित छानबिन समिति नभई समस्या समाधानका लागि प्रयास गरिने बताए । फरक प्रसंगमा उनले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिए काँग्रेसको सम्भावित अवरोधका कारण चल्ने नचल्ने निश्चित नभएको उल्लेख गरे ।

संसद् सुचारु गर्ने प्रयासमा केही दिनमा सवंदलीय बैठक आह्वान गर्न लागिएको जानकारी उनले दिए । प्रचण्डले प्रतिपक्षीले सत्ता समीकरण भत्काउने परम्परा नै भएको टिप्पणी गर्दै तत्काल वर्तमान समीकरण नटुट्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us