स्नोडेनले रुसमा काम पाए

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ४:५० मा प्रकाशित

Snodenकाठमाण्डु, १५ कात्तिक–अमेरिकाका गोप्य सूचना सार्बजनिक गरेर चर्चामा आएका अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका पूर्वकर्मचारी एडवार्ड स्नोडेनले नयाँ काम पाएका छन् । रुसमा शरण लिएर बस्दै आएका स्नोडेनले त्यहाँको एक प्रमुख निजी वेबसाइटमा काम पाएका हुन् ।

उनले काम पाएको वेबसाइटको नाम भने खुलाइएको छैन । स्नोडेनको सुरक्षाकालागि वेबसाइटको नाम गोप्य राखिएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

आफ्नै देशका गोप्य सूचना सार्बजनिक गरेपछि अमेरिकी सरकारले पक्राउ गर्न आदेश दिएको थियो । तर, उनी भागेर रुस पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us