विराटनगर, २० साउन– मोरङमा धानखेतमा दुई पुरुष मृत भेटिएका छन् ।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू र बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव धानखेतमा मृत भेटिएका हुन् ।
लिम्बू मंगलबार बिहान घर छेउको धानखेतमा मृत भेटिएका प्रहरीले जनाएको छ । घोप्टो परेको अवस्थामा मेत भेटिएका उनको नाकाबाट रगत बगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले बताए ।
बरालका अनुसार ऋषिदेव पनि आफ्नै खेतमा सोमबार साँझ मृत फेला परेका थिए । धानमा युरिया मल राख्न भन्दै घरबाट हिंडेका उनी खेतमै मेत भेटिएका हुन् ।
दुवैको मृत्युको कारण खुल्न सकेको छैन । दुवै शव पोष्टमार्टका लागि अस्पताल पठाइएको छ ।