दाङ, २० साउन– दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा एक बालिकाको कुलोमा डुबेर ज्यान गएको छ ।
स्थानीय सुरेश बस्नेतकी छोरी दुई वर्षीया सुष्माको सिंचाई कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ आफ्नै घरको आँगनमा खेलिरहेका बेला उनी लडेर कुलोमा डुबेकी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए ।
बालिकालाई उद्धार गरी उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएकामा पचारका क्रममा त्यहाँ उपचार नभएपछि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । सुष्माको उपचारका क्रममा सोमबार राति ९ बजेतिर मृत्यु भएको हो ।