कक्षा १२ को नतिजाः ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड

काठमाण्डु टुडे २०८२ साउन १९ गते १८:४३ मा प्रकाशित

काठमाण्डू, १९ साउन– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us