काठमाण्डू, १९ साउन– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेताका रूपमा अघि देखिएको बताएका छन ।
राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा भएको बताएका छन । आज (सोमबार) माओवादीको मुख्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको आज अन्तिम दिन सम्बोधन गर्दै महासचिव गुरूङले यस्तो बताएका हुन् ।
उनले अहिले प्रचण्डको नेतृत्व नै आवश्यक रहेकाले त्यसबारेमा विवाद गर्न नहुने पनि बताए । महासचिव गुरुङले भने, ‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनुभएको थिएन,’ बैठकमा गुरूङले राखेको धारणा उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’
उनले आन्दोलनले नै नेता जन्माउने र बनाउने भएकाले प्रचण्ड नै अहिलेको नेता भएको बताए ।