बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु

काठमाण्डु टुडे २०८२ साउन १९ गते १४:२४ मा प्रकाशित

काठमाण्डू, १९ साउन– बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत अवस्थामा फेला परेकी छन । मृत्यु हुनेमा चितवन घर भइ हाल काठमाण्डूको कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् ।

उनको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी कुलदीप चन्दले जानकारी दिएका छन । प्रहरीका अनुसार उनी सोमबार राति १ः३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी थिइन् ।

सो क्रममा ढुंगामा चिप्लेर उनी खोलामा डुबेकी थिइन् । खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो ।

उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा उपचारका क्रममा १ः४८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us