काठमाण्डू, १९ साउन– गोरखामा खेतमा पानी लगाउने कुलोको निहुँमा विवाद हुदाँ भाइमाथि दाइले व्यक्तिले खुकुरी प्रहार गरेका छन् ।
गोरखा नगरपालिका–३ घलाङस्थित राटमाटेका बाबुकाजी बस्नेतले भाइ खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
‘शुक्रबार राति करिब १० बजेको समयमा दाजुभाइबीच कुलोको निहुँमा वावविवाद भएको रहेछ,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘सोही क्रममा बाबुकाजीले भाइ खोपबहादुरलाई खुकुरीले हानेछन् ।’
धारिलो हतियार र लौरेले शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएको भनी जाहेरी प्राप्त भएपछि बाबुकाजीलाई पक्राउ गरिएको शर्माले जानकारी दिए ।
पक्राउ परेका बाबुकाजीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हाल काठमाण्डूमामा उपचारत छन् । प्रहरीका अनुसार उनको टाउको, पेट र हातमा चोट लागेको छ ।