काठमाण्डू, १९ साउन– नुवाकोटको तारकेश्वर गाँउपालिका वडा–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ । ४४ बर्षीय रिमालको आज (सोमबार) बिहान उपचारको क्रममा काठमाण्डूको वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य परिक्षण गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो निमोनियाले सताएको थियो । एमाले नुवाकोट जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका उनी गत स्थानीय तहको निर्वानमा तारकेश्वर–६ वडा अध्यक्षमा निर्वाचि भएका थिए ।
यस अधि ०७४ को निर्वाचनमा समेत उनी वडा सदस्यमा निर्वाचित भएका थिए । रिमालको निधनमा आज तारकेश्वर गाँउपालिकाले शोक बिदा समेत दिएको छ ।