५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

काठमाण्डु टुडे २०८२ साउन १९ गते १२:१७ मा प्रकाशित

काठमाण्डू, १९ साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन ।

उक्त छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत उपस्थित हुने स्रोतले जानकारी दिएको छ ।

बैठक केहि बेरमा नै सुरु हुने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ । संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us