काठमाण्डू, १८ साउन– थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ थुनिदिएको बताइएको छ ।
त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको छ । आयोगका सदस्य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले बताए ।